पोखरेल प्यानलबाट एकमात्र देवेन्द्र उपाध्यक्षमा विजयी

पाेखरा | भदौ २६, २०७९

पोखरेल प्यानलबाट एकमात्र देवेन्द्र उपाध्यक्षमा विजयी

 

पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी विजयी भएका छन् । पवन प्रजापती प्यानलका प्रतिस्पर्धी हिरामणि पण्डितलाई फराकिलो मतान्तरले पछाडि पार्दै केसी विजयी भएका हुन् । देवेन्द्र केसीको पक्षमा १७९१ मत प्राप्त हुँदा हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । भने ३० वटा भोट बदर भएको थियो  । केसीले यस अगाडि २ कार्यकालसम्म संघमा कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् ।

 

केसीले कुटी ग्रुप अन्तर्गत पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ ।

 


युवा व्यवसायी एवं नेपाली काँग्रेसका युवा नेतासमेत रहेका देवेन्द्र केसी प्रदेश सभा सदस्यका लागि सिफारिससमेत भएका छन् । 

 

कास्कीको क्षेत्र नं. ३ ‘ख’ बाट पार्टीले केसीलाई प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको हो ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्